७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

सडक बिस्तारको क्रममा डोजर चलाइयो, आजपाको आपत्ति

रौतहट । रौतहटको बौद्धिमाई नगरपालिका वडा नं.८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ । बौद्धिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो ।
सडक क्षेत्रमा रहेका केहिको घरगोठ तथा परालको थुप्रो नगरपालिकाले हटाएको छ तर स्थानीयहरुले भने नगरपालिकाले जबर्जस्ती गरेको आरोप लगाएको छन् । नगर प्रमुख यादवका अनुसार सडक बिस्तारका लागी स्थानीयलाई जानकारी दिएर नै संरचना हटाएको बताए । पटक पटक सूचना दिदा समेत बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाइएको उनको दाबी छ ।
यस बिषयमा पछिल्लो एक महिनादेखी विवाद हुदै आएको थियो । सरमुजवा घटनाको विरोध गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन । उनले सो घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमी आयोग गठन गर्ने अर्कोतर्फ जनताको उठीवास नै लगाईदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेका हुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि