७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

११ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले ११ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरगत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा किर्ते , कुटपिट र बहुबिवाहका रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले बताए । उनका अनुसार कुटपिटमा महेन्द्र महरा चमार, पुनकलिया देबि , मनिता कुमारी , निलम देबि र उषा कुमारी राम पक्राउ परेको हो ।
प्रहरीले किर्तेमा जमिला शेखिन, जमिल अख्तर , शेख अजिज मिया दर्जी, ओली महम्मद र शेख हफिजलाइ पक्राउ गरेको छ । बहुबिवाहको आरोपमा शेख नेपालीलाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि