७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

राजर्षि जनक विश्वविद्यालयका विद्यार्थीहरुले गरे देउवा र निधीको पुत्ला दहन

जनकपुर । राजर्षि जनक विश्वविद्यालय केन्द्रीय क्याम्पस जनकपुरधामका विद्यार्थीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको पुत्ला दहन गरेका छन् ।
नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले आयोजन गर्न लागेको जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टिमको नाम समावेश गरेपनि अन्तिम समयमा हटाएको भन्दै आइतबार जनकपुरधामको रामानन्द चोकमा विद्यार्थीहरुले पूर्वप्रधानमन्त्री देउवा र काँग्रेस नेता विमलेन्द्र निधिको पुत्ला दहन गरेका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरुले नेविसंघविरुद्ध नारावाजी गर्दै नेता देउवा र निधिको पुत्ला दहन गरेका छन् ।
आयोजकले शुरुमा राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाए पनि पछिल्लो समयमा नाम हटाएपछि विद्यार्थीहरु आन्दोलित भएको विद्यार्थी नेता श्याम साहले बताए ।
शनिवार विहानसम्म खेल तालिकामा राजर्षि जनक विश्वविद्यालयको नाम समावेश रहेपनि अन्तिम समयमा नाम हटाएको आरोप उनीहरुले लगाएका छन् । नेपाल विद्यार्थी संघकै आग्रहमा राजर्षि जनक विश्वविद्यालयले प्रशिक्षक नियुक्त गर्नुका साथै खेल सामग्री समेत खरिद गरेर टोली पठाउने अन्तिम तयारीमा रहेको अवस्थामा खेल तालिकाबाट नाम हटाएपछि नेविसंघविरुद्ध आन्दोलन गर्नु परेको विद्यार्थी नेता साहले बताए ।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु हुने प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोली सहभागी रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि