२० फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

३ माघ, मुग्लिन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताएका छन्।

माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन आएका उनले सोही वडामा सञ्चालित ‘बोटे सामुदायिक होमस्टे’मा स्थानीयले स्वागत गरेपछि समुदायको संरक्षण एवं विकासलाई राज्यले बिर्सन नहुने जिकिर गरे ।

उनले भने, ‘तपाईहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाईको समुदायको प्रगति हो।’

बोटे समुदायका अगुवाले आफ्नो समुदायको सांस्कृतिक घर आवश्यक भएकाले त्यो निर्माणमा सघाउन अध्यक्ष दाहालसँग अनुरोध गरेका थिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि