२६ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, अस्पतालमा शल्यक्रिया हुँदै

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ । गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा उनी माथि हमला भएको हो ।

खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा हाल उनको शल्यक्रिया भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्थाले खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको जनाएका छन् । त्यसमध्ये दुई घाउ गहिरो चोट भएको पनि उल्लेख छ ।

घटनापछि अभिनेता खानको टोलीले आधिकारिक बयानमा घरमा चोरी गर्ने कोसिस भएको र घरका अर्का एक कर्मचारी पनि घाइते भएको उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि