७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

रौतहटको चन्द्रपुरमा सुविधायुक्त १५ शैया अस्पताल बन्ने

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त १५ शैया अस्पताल बन्ने भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सिथ्त सन्तानेश्वर महादेव मंन्दिर पछाडि रहेको जमिनमा अस्पतालको नयाँ भवन बन्न लागेको हो ।
संघीय सरकार र चन्द्रपुर नगरपालिकाको बजेटबाट अस्पतालको भवन निर्माण हुने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफले बताए । उनका अनुसार भवन निर्माणको लागि साहू कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा सकार गरेको हो ।
अस्पतालको भवन निर्माणका लागि बजेट अनुसार ठेक्का लगाउँदै जाने उनले जानकारी दिए । सुबिधायुक्त अस्पताल नहुँदा समस्या भएको भन्दै अस्पताल बनेपछि उपचारमा सहज हुने बताए ।
आफूले अस्पताल निर्माणमा चासो दिएकाले तोकिएको समयमा निर्माण सम्पन्न हुने उनले बिश्वास व्यक्त गरे । चन्द्रपुर नगरपालिकाले स्वास्थ क्षेत्रमा विशेष प्राथमिकता दिएको समेत उनले उल्लेख गरे ।
अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिसकेकाले अब कामले गति लिने नगर प्रमुख काफ्लेले बताए । तीन बर्षभित्र पुरा गर्ने लक्ष्यको साथ काम काम अघि बढाइएको र अन्डरग्राउण्ड पार्किङ्गसहित सुबिधायुक्त अस्पताल बन्ने चन्द्रपुर नगरपालिकाले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि