२१ माघ २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

जलेश्वर महोत्तरी, २९ पुस । मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति माघे सङ्क्रान्ति पर्वको रौनक छाएको छ । मिथिलाञ्चलमा धुमधामसँग मनाइने यो पर्वको चहलपहल अहिले यहाँका गाउँ बस्तीमा सुरु भइसकेको जलेश्वर नगरपालिका ५ का संस्कृतिविद् ध्रुव राउतले बताए ।
यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन छ । साथै खिचडी र दही, चिउराको भोजन गर्ने चलन पनि रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताए । पर्व सुरु हुनुभन्दा अघि नै घरघरमा तिल, चिउरा र भुजा ल्याएर लड्डु बनाउने चलन रहेको जलेश्वर–८ की रेणु मण्डल बताउछन् ।
यहाँका महिलाका समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिकै घरमा गएर चिउरा, भुजा र तिलमा सक्खर हालेर लड्डु बनाउने भएकाले पर्वको रौनक अहिले मिथिलाको गाउँगाउँमा देख्न सकिने जलेश्वर ११ की कञ्चन बिच्छाले बताए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि