१३ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

५६ जनालाई गरियो मोतिबिन्दु रोगको अप्रेशन

रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा भएको आँखा शिविरमा ५६ जना मोतिबिन्दुका बिरामी फेला परेका छन् । वृन्दावन नगरपालिका ८ नमूना मावी बरगजवामा सेवा फाउण्डेशनको सहयोगमा श्रीकृष्ण प्रणामी वाईजु राज समिति नेपाल रौतहट, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मधेश प्रदेशको स्थानीय सहयोगमा नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा शिविर भएको हो ।
शिविरमा गौर आँखा अस्पतालका चिकित्सक सहितको प्राविधिक खटिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा ३९६ जनाले आँखाको परिक्षण गरेको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले बताए ।
उनका अनुसार १६३ जनालाई निशुल्क चश्मा, ६३ जनालाई औषधी र ५६ जनालाई मोतिबिन्दु रोगको अप्रेशन गरिएको छ ।
५६ जनालाई गौर आँखा अस्पतालको सवारी साधनबाट गौर ल्याएर निशुल्क रुपमा शैल्यक्रिया गरिएको उनले जानकारी दिए ।
यहाको ग्रामिण भेगका वासिन्दाले आँखा समन्धि ज्ञान नहुदा मोतिबिन्दुका बिरामी आधिक मात्रमा फेला परेकोगौर आँखा अस्पतालले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि