२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

गृहका १२ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
सरुवा सूचीअनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुखजिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै मोरङका प्रमुखजिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह यस्ते मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मन्त्रालयमा कार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुखजिल्ला अधिकारी गोपालकुमार अधिकारीको झापा र दांगका सहायक प्रमुखजिल्ला अधिकारी सावित्रा पुनलाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि