१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

छोराको हत्या आरोपमा बुबा पक्राउ, के भाको थियो त ?

काठमाडौं – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्कीलाई छोराको हत्याको आरोपमा पक्राउ गरिएको छ। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

हत्या आरोप लागेको ४९ वर्षीय लिलाबहादुर भने डोमान सिंहका माइला छोरा हुन्। प्राप्त जानकारी अनुसार, डोमान सिंह र लिलाबहादुर बीच घरायसी विवाद भएको थियो, र त्यसको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए।

लिलाबहादुरको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। मृत्यु पछि, प्रहरीले घटनास्थलमा पुगेर डोमान सिंहलाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

यो घटना घरायसी विवादका कारण भएको बताइएको छ, र स्थानीय प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि