६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

बेवारिसे अवस्थामा भेटिएको स्कारपियो भन्सारमा बुझाइयो

२१ पौष, रौतहट । रौतहट प्रहरीले बेवारिसे अवस्थामा स्कारपियो गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले दुर्गा भगवती गाउँपालिक वडा नम्बर ३ मत्सरीको सडकबाट गाडी बरामद गरेको हो ।

उक्त गाडी चोरीपैठारी गरेर उक्त क्षेत्रमा चलाएको सूचनाका आधारमा पुगेको टालीले बेवारिसे अवस्थामा बरामद गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।

उनका अनुसार केहीसँग सोधपुछ गर्दा र हक दाबी गर्न कोही नआएकोले गौर भन्सार कार्यालयमा दाखिला गरिएको छ । भारतीय न ०१ पि ल ९३८७ को महिन्द्रा कम्पनीको सेतो रङ्गको स्कारपियो गाडी बरामद गरिएको उनले जानकारी दिए ।

बरामद गरिएको उक्त गाडीको तीस लाख मुल्यांकन गरि भन्सारमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि