६ पुष २०८२, आईतवार
मधेश मुख्‍य समाचार समाचार समाज

कर्तब्य ज्यान मुद्दाका फरार यादव पक्राउ

रौतहट । रौतहट प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
राजदेवी नगरपालिका वडा न १ बस्ने बर्ष २० को राम नरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७९ साल फाल्गुन २४ गते सोही स्थान बस्ने बर्ष २५ का गजेन्द्र दासको कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका सह–प्रवक्ता तथा सूचना अधिकारी राम कुमार महतोले जानकारी दिए ।
उनका अनुसार कर्तब्य ज्यानका घटनामा फरार रहेका यादवका परिवारसँग अनुसन्धानमा सहयोग गरेमा सजाय छुटको व्यवस्था रहेको भनि गरिएको कानुनी परामर्शबाट पक्राउ गरिएको हो ।
फरार रहेका यादव सोही कुराबाट अभिप्रेरित भइ प्रहरीमा हाजिर हुन आएको रौतहट प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका यादवलाई अदालतबाट जारी भएको पक्राउ पूर्जी दिएको र जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि