२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेकपा एस र वामदेवबीचको वार्ता सहमति नजिक

काठमाडौं । नेकपाएकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजकवामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ ।
मंगलबार आलोकनगरमा शिर्ष नेतासँग भएको छलफलपछि भएको सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गौतमले वार्ता धेरै सकारात्मक रहेको भन्दै चाँडै पार्टी एकताहुने जानकारी दिए ।
उनले भने, ‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ । समझदारी विकास गर्ने सहमतीभएको छ । अब छिट्टै पार्टी एकताहुनेछ । धेरै समय कुर्नु पर्दैन अब ।’
गौतमका अनुसार छलफल सहमति नजिक पुगेको छ । आज भएको छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकीकाम सम्पन्न गर्ने उनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि