१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

खोटाङमा टाटा सुमो दुर्घटना हुँदा एकजना घाइते

१० पुस, काठमाडौं। खोटाङमा टाटा सुमो दुर्घटना हुँदा एक जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा खोटाङकै केपिलासगढी–१ फेदीका ७३ वर्षी दुर्गाप्रसाद राई छन्। उनको उद्दार गरेर उपचारका लागि सदरमुकाम दिक्तेलतर्फ पठाइएको खोटाङका डीएसपी प्रतिक बिष्टले बताए ।

उनका अनुसार काठमाडौंबाट खोटाङ आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो खोटाङकै केपिलासगढी गाउँपालिका–३ तापखोला नजिक दुर्घटना भएको थियो।

उनका अनुसार बाटोमा काठ तेर्सिएपछि हटाउन भनेर चालक शत्रुधन राई झरेको बेलामा दुर्घटना भएको थियो ।

रोकेको सुमो गड्दै करिब २ मिटर तल खसेको उनले बताए । सुमोमा एक जना मात्रै रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि