६ पुष २०८२, आईतवार
अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

सिरहा भन्सारद्वारा लक्षभन्दा बढी राजस्व सङ्कलन

सिरहा, ८ पुस । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले रू पाँच करोड पाँच लाख ४० हजार राजस्व सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा रु चार करोड ८८ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु ९७ लाख ९५ हजार, भदौमा रु  एक करोड सात लाख ७२ हजार, असोजमा रु एक करोड दुई लाख ७६ हजार, कात्तिकमा रु एक करोड चार लाख १७ हजार र मङ्सिरमा रु ९२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु दुई करोड ७७ लाख ४७ हजार राजस्व वृद्धि भएको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा रु दुई करोड ३८ लाख ९३ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १२ करोड १२ लाख ९२ हजार रहेको छ । सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार  कार्यालय रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि