१४ कार्तिक २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाह संस्कार गरिएको छ।
ब्रेन क्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो ।
नेपाली समय अनुसार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसि मा उनको दाह संस्कार गरिएको थियो। दाह संस्कार कार्यक्रममा परिवारजन, साथीभाइ, र न्यूर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित थिए।
त्यस्तै १२ः४५ मा फ्रेस पोन्ड क्रेमेटेसनमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
केहिबर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमा पीएचडी गर्न गएका बर्दिया निवासी विवेक पंगेनी आफ्ना ब्रेन क्यान्सरको सल्याक्रिया गरिसकेपछि, थप उपचारका लागि विगत ४÷५ महिनादेखि न्यूयोर्कमा रहिआएका थिए ।
उनको ब्रेन क्यान्सरको चौंथो स्टेज भएकोले बचाउन सक्दो प्रयास गर्दा पनि अन्ततः प्राण घातक रोग क्यान्सरको कारण अस्ति डिसेम्बर १७ तारिख २०२४ का दिन बिहानको ५ बजे विवेकजीको न्यूयोर्क स्थित ःझयचष्ब िक्यिबल प्भततभचष्लन ऋबलअभच ऋभलतभच मा उपचारको क्रममा दुःखद निधन भएको हो!
उनलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै प्रयास गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणले नेपाली समुदायमा मात्र होइन, सामाजिक सञ्जालमा पनि उच्च प्रशंसा पाएको थियो। श्रीमानको स्वास्थ्यको लागि निरन्तर संघर्ष गर्दै आएका सिर्जनाका प्रयासहरूले धेरैलाई प्रेरित गरेको छ।
विवेकको निधनले न्यूर्कमा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। परिवारजनलाई गहिरो दुःख परेको यस घडीमा नेपाली समुदायले सहानुभूति व्यक्त गर्दै सहकार्य गरिरहेका छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि