२० माघ २०८२, मंगलवार
अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

नेपालहाते कागज उद्यमी संघमा ङिग्मा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल हाते कागज उद्यमी संघले आगामी दुई वर्षकालागि ङिग्मा शेर्पाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालहरी श्रेष्ठ, उपाध्यक्षमा टोनिसा खुलाल मगर, सचिवमा सञ्जय गौतम, कोषाध्यक्षमा पस प्रसाद धिताल निर्वाचित भएका छन् ।
अधिवेशनबाट निर्वाचित सदस्यहरुमा पाण्डव ढुंगेल, राधा कृष्ण थापा, डेवु गुरुङ, पहल सेर पाण्डे, यादव सिग्देल, देशबहादुर थामी, लाक्पा शेर्पा, विष्णु नारायणधामी, सनतकुमार कार्की, घनश्याममिश्र र तारा श्रेष्ठछन् ।
उद्घाटन समारोहमा संघको अभिभावक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँह, निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष मोहन कटुवाल लगायतले अर्थतन्त्रमा हाते कागजको भूमिका र योगदानको विषयमा चर्चा गरेका थिए ।
नेपालका काठमाडौँ मोरङ सुनसरी संखुवासभा संखुवासभा, इलाम, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, बाग्लुङ, कास्की, रुकुम, जाजरकोट लगायतका जिल्लामा रहेको हाते कागज उद्योगहरू सञ्चालनमा रहेको नेपाल हाते कागज उद्यमी संघले जनाएको छ । हाल देशभर चार सयभन्दा बढीउद्योगहरू रहेको र तिनीहरूले चार लाखभन्दा बढीमानिसहरुलाई रोजगार दिएको रोजगारी दिएको संघका निवर्तमान अध्यक्ष नरेन्द्र साउथले बताए ।
हाते कागज उद्यमीहरुको हकहित संरक्षण, सम्बद्र्धन र व्यवसायिक समृद्धिकालागि संगठित गर्दै २०७४ सालमा नरेन्द्र साउदको अध्यक्षतामा हाते कागज उद्यमी संघको स्थापना भएको भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि