२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

देशलाई सहि दिशामा लैजान विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

नवलपरासी  । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान अहिलेको आवश्यक्ता सिपयुक्त शिक्षा भएको बताएका छन् ।

शनिबार कावासोतीमा रहेको शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सिपको सर्टीफिकेट पनि दिन सक्नुपर्ने बताएका हुन् ।

गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने भन्दै अब त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

देशको दिशालाई सकारात्मक बाटोमा लैजान विशेषगरि माध्यमिक तहको शिक्षामै बढी ध्यान दिन पनि उनले आग्रह गरे ।

‘ शैक्षिक गुणस्तर सँगसँगै समयको मागबमोजिम सक्षम नागरिक बनाउनका लागि सिप सिकाउन लाग्यौं भने राम्रो हुन्छ, उपप्रधानमन्त्री सिंहले भने, विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउन सक्यौं भने देशको दिशालाई सकारात्मक बाटोमा लैजान सक्छौं । यसमा सबैभन्दा बढी जोड दिनुपर्छ ।’ उनले विद्यालयको अध्ययन  सकेर विद्यार्थी बाहिर जाँदा आफ्नो जीवन आफैं चलाउन सक्ने सक्षम नागरिक उत्पादन गर्न लाग्नुपर्नेमा जोड दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि