काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमा जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।
उनले नेपाल पक्षले ग्रान्टफाइनान्सीङ कोअपरेसन राखेर सहमति गर्न चाहेको र चीनिया पक्षले संशोधन गरी एसिस्टेन्टफाइनान्सीङ मोडालिटी बनाएको तर अन्तमाएड एसिस्टेन्स फाइनान्सीङ राखेर सहमति गरिएको भनिएको बीआरआई सम्झौताबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताएका हुन् ।
मुलुकहरुबीच आवश्यक्ता अनुसार विभिन्न विषयमा सन्धि सम्झौता हुन सक्छ । सन्धिसम्झौता मुलुकको हितलाई मध्यनजर राखेरै गरिएको हुन्छ तर कहिलेकाही सन्धि सम्झौताको परिणाम अपेक्षीत हुँदैन भने कहिलेकाही प्रत्युत्पादक समेत बन्नजाने उनको भनाइ छ ।
बस्नेतले भने, ‘नेपालसँग आजसम्म भए गरेका अधिकांश सन्धिसम्झौता प्रतिजनताको धारणा सकारात्मक बनेको देखिदैन । सन्धिसम्झौताकै कारण मुलुकअमूक शक्ति राष्ट्रको पञ्जामा पर्ने, राजनीतिक रुपमा ध्रुवीकरणहरु बन्ने तथा बदलिने, आन्तरिक रुपमा दलहरु विभाजन हुनेसम्मका घटनाहुने गरेका छन् । शासकहरुले देश र जनतालाई केन्द्रविन्दुमा राखेर भन्दा आफ्नो सत्ता स्वार्थलाई केन्द्रविन्दु राखेर सन्धिसम्झौता र निर्णय गर्ने गरेका कारण विभिन्न घटना, परिघटना, प्रश्न, संशय, शंकाउपशंका उब्जने गरेका छन् ।’
सन्धिसम्झौता देशकालागि कति फलदायी र हितकर छ भन्ने कुरा आम नागरिक भएर गरेको अनुभव, अनुभूति, भोगाइ, समीक्षा र विश्लेषणबाट थाहा हुने उनको धारणा छ । चीनसँग भएको बीआरआई सम्झौता उपयुक्त भए नभएकोबारे सार्वभौम संसदमा छलफल गरिनुपर्ने र जनताकालागि गरिएका भनिएका सन्धिसम्झौतालाई जनताबाट नै अनुमोदन गर्नुपर्ने कुरामा उनले जोड दिए ।







