१३ कार्तिक २०८२, बिहीबार
अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

डिजेल र मट्टितेलको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको भाउ बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ ।

शुक्रबार साँझ बसेको निगम सञ्‍चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत्‌ राखेको छ । अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ । उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि