१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत

१६ कात्तिक,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको बताएका छन् ।

दिपावली, छठ, नेपाल सम्बत्लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले विविधतामा एकतालाई जीवन्त बनाउन चाडबाडले विशेष भूमिका खेल्ने गरेको बताएका हुन् ।

प्रमुख बस्नेतले चाडबाडहरु साँस्कृतिक, धार्मिक र मौसमी प्रकृतिका हुने भन्दै दैनन्दिनको कार्यबाट विश्राम लिई भेटघाट, मनोरञ्जन, खानपिन र सम्बन्धलाई पुनर्ताजगी गर्ने काम गर्नुका साथै चाडबाडले साझा मूल्य, मान्यता र संस्कारको संरक्षण तथा सम्बद्र्धनमा टेवा पुर्याउने बताए ।

आफन्त, इष्टमित्र, छरछिमेक तथा साथीभाइसँगको मिलनबाट मनमा शान्ति, सकारात्मक सोच, एकअर्काबीच सहयोग, सद्भाव अभिवृद्धि गर्न मनाइने चाडबाडलाई खर्चिलो र तडकभडक गरी मनाउन नहुने उनले बताए ।

उनले भने,’चाडपर्व मानव जीवनका अभिन्न अंग हुन् । चाडबाडले आफ्नो मौलिक पहिचान बोकेको हुन्छ । यससँगै यसले विशेष खालको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ,’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि