१२ माघ २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

महाकविको सम्झनामा स्मृति काव्य उत्सव

१६ कात्तिक, अछाम । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आज यहाँ देवकोटा स्मृति काव्य उत्सव सम्पन्न भएको छ । देवकोटाहरूको उद्गम थलो अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ मा उत्सव सम्पन्न भएको हो ।

देवकोटा बन्धु समाजको आयोजनामा उत्सवमा साहित्यिक, सांस्कृतिक, देउडा अनि देउसीभैलो कार्यक्रम गरिएको थियो । देशभर छरिएर रहेका देवकोटा बन्धुहरूलाई आफ्नो इतिहासबारे जानकारी दिन उत्सव आयोजना गरिएको समाजका अध्यक्ष नवराज देवकोटाले बताए ।

देवकोटाको इतिहास हराउँदै गएको अवस्थामा लक्ष्मीप्रसाद देवकोटाका पुर्खा ढकारीबाट बसाइँ सरेका तथा त्यसबारे देशवासीलाई जानकारी दिन तथा उक्त स्थललाई चिनाउन गाउँपालिकाले महाकवि देवकोटाको सालिक स्थापना गर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले घोषणा गरे ।

उत्सवमा कवि पहल असिम, कमलराज केसी, मनोज विवश, नेत्रप्रसाद उपाध्यायले लक्ष्मीप्रसादको सम्झनामा कविता सुनाउनुभएको थियो भने गजलकार जीवन सरोवर, लक्ष्मण सङ्गम, खेम बगर, जनक अधिकारीलगायत गजलकारले गजल तथा रचना सुनाएको थियो । देउडा गायक राजाराम भाटले देउडा गीतमार्फत महाकविको स्मरण गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि