२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । यस वर्षको बडा दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वाद स्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडा दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो ।
सूर्योदयकालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको समितिले जनाएको छ ।
कोजाग्रत पूर्णिमाका दिन रातिजाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि बडा दशैँ समापन हुन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद स्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउन सुरु भएको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि