११ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

गाडी र हवाई यातायातको भाडा वृद्धिलाई घटाउन कांग्रेसले दबाब दिने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले सवारी साधन र हवाइ भाडादरमा भएको अस्वभाविक मूल्य वृद्धिलाई घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकले सवारी साधन र हवाइ भाडादारमा भएको अस्वभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी सरकालाई पहिलेकै भाडादर कायम राख्न माग गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्याम कुमार घिमिरेले जानकारी दिए ।

उनले भने,‘यस्तो परिस्थितिमा मूल्य वृद्धि गर्ने र कालोबजारी पनि हुन्छ । यस्तो सम्भावनालाई मध्यनजर राखेर सरकारले अस्वभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी अस्वभाविक रुपले बढाएको भाडा दरलाई नियन्त्रण गर्ने, सवारी साधन र हवाई यातायातलाई पहिलेकै भाडा दर कायम राखोस् भन्ने माग गरेका छौं ।’

त्यस्तै बैठकले बाढी पहिरोको कारण क्षतविक्षत भएका अत्ति आवश्यक भौतिक पूर्वाधारहरुका संरचना तत्काल निर्माण गरेर सेवा सूचारु गर्न आग्रह गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि