९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिभाहरुलाई खोजेर अगाडि ल्याउने काम विकास समाजले गरेको छ’

२८ भदौ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय नागरिक विकास समाजले सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्याएको बताएका छन् ।

शुक्रबार शिक्षा तथा राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष कार्यक्रममा उनले धेरै वर्षदेखि समाजले शिक्षा क्षेत्रमा र अन्य समाजलाई बाटो देखाउने काममा सँधै अग्रसर भइरहेको बताएका हुन् ।

यस्तै, उनले संस्थाले लुकेर रहेका प्रतिभाहरुलाई अगाडि ल्याउने काम पनि गरेको भन्दै अझै यस्ता कामहरुलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् ।

उनले  भने, ‘राष्ट्रिय नागरिक विकास समाज धेरै वर्षदेखि चाहे शिक्षा क्षेत्रमा होस्, चाहे बालबालिकको क्षेत्रमा होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस्, चाहे अन्य जुनसुकै क्षेत्रमार्फत समाजलाई बाटो देखाउने काममा अगाडि बढेको छ । यो समाजमा धेरै प्रतिभाहरु लुकिरहेको छन् । प्रतिभाहरुलाई खोजेर अगाडि ल्याउने काम संस्थाले गरेको छ । यस्ता कामहरुलाई निरन्तरता दिनको लागि आग्रह गर्न चाहन्छु ।’

नेपालमा केही गर्न सकिदैँन् भन्ने जुन भाष्य निर्माण भएको छ त्यसलाई चिर्न पनिसंस्थाको ठूलो भूमिका रहने उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि