७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना : राजेन्द्र लिङ्देन

२५ भदौ, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारमा रहेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न लागि परेको बताएका छन् ।

मंगलबार झापाको बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानामगरलाई आचरण विरुद्धको अभियोग लगाउने तयारी गरिरहेको बताएका हुन् ।

उनले भने, ‘उपसभामुखलाई आचरण विरुद्धको अभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु । कांग्रेस र एमाले त्यही मामिलामा लागेका छन् । संवैधानिक परिषद्मा आफ्नो भाग पुर्याउन उनीहरूले यो काम गर्न लागेका हुन् । हिजो बहुदलीय ब्यबस्थाका लागि लडेका दल आज दुई दलीय ब्यवस्था मान्नुपर्ने स्थानमा आए । अब हाम्रो जिम्मेवारी बढेको छ, यतिबेला कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा पुग्नु भनेको अब बर्षाैंसम्म राज्य स्रोतको दोहन गर्ने वातावरण बनाउनु हो ।’

उनले एनसेल राजनीतिक दलका नेताहरुको ‘दुहुनो गाई’ भएको आरोप लगाए । सरकारलाई स्वामित्व हस्तान्तरण गरेर जानुपर्ने एनसेललाई किस्ताबन्दीमा कर तिर्न पाउने सुविधा यो सरकारले दिएको उनको भनाइ थियो ।

उनले भने, ‘हामीलाई एक दिन कर नतिर्दा फाईन लाग्छ, एनसेललाई त्यो सुविधा कसको इसारामा दिएको हो ?’

उनले एमालेले कानुन नै संशोधन गरेर गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न पाउने सुविधा दिएको बताए । रकमको चलखेल नभइ यो काम भयो होला त ?’ उनको प्रश्न थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि