९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

२१ भदौ ,बरहथवा (सर्लाही)। यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ ।

आज ब्रह्मपुरी गाउँपालिका–४ शेषटोल नजिकै झिमखोलामा डुबेको अवस्थामा भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षा–९ बस्ने ४८ वर्षीय इन्दल महतोको शव फेला परेको हो । महतोलाई खोलामा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै पुगेको सर्लाही जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थलको प्रकृति मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि