१० पुष २०८२, बिहीबार
अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार

सानिमा बैंक प्रवर्द्धनमा सञ्चालिन ३ म्युचुअल फण्डको लाभांश घोषणा

१६ भदौ, काठमाडौं । सानिमा बैंकबाट प्रवद्र्धन भएका म्युचुअल फण्डका तीन योजनाको लाभांश घोषणा भएको छ ।

गत आर्थिक वर्षसम्मको नाफाबाट यी योजनाले लाभांश घोषणा गरेका हुन् । सानिमा इक्वीटी फण्डले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । म्युचुअल फण्डमा हालसम्म घोषित लाभांशमध्ये यो उच्च हो ।

त्यस्तै सानिमा लार्ज क्यापले १० र ग्रोथ फण्डले पनि १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक र कुमारी बैंकद्वारा प्रवद्र्धन गरिएका योजनाले लाभांश घोषणा गरेका छन् ।

म्युचुअल फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाई १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् । उदाहरण : यदि कुनै म्युचुअल फण्डले १२ प्रतिशत लाभांश घोषणा गरेको छ, भने उसले दिने लाभांश १० को १२ प्रतिशत अर्थात् प्रतिइकाइ १ रुपैयाँ २० पैसा हुन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि