२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर जस्तो हिंसात्मक गतिविधि गरेका आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सचिव भट्टराई आफैं हिंसा गर्ने नाइके भएर जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको बताए ।

उनले भने, ‘२००७ साल, २०२८ सालको विद्रोह, ०५२ सालको सशस्त्र जनयुद्धसबै एकात्मक शासन प्रणालीविरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् । जो जनमुक्ति र वर्गमुक्तिको संघर्षको बिगुल फुक्ने आँट प्रचण्डसहित सबै नेताहरुमा सम्मान छ ।

तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि