८ माघ २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

हेटौंडाको होटलमा महिलाको शव फेला

१० भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित रत्न एण्ड लज होटलमा एक महिलाको शव फेला परेको छ ।

मृतक महिलाको उमेर २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।

स्थानीयवासीले बताए अनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी पाइएको थियो । आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको थियो ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोली घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि