२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

प्रचण्डले भने– पार्टी फुटको हल्ला स्थायी समितिले खारेज गरिसक्यो, मिडिया ट्रायल नगरौं

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको भन्दै मिडिया ट्रायल नगर्न नेताहरुलाई सचेत गराएका छन् ।

आज बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् ।

उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै पार्टी फुटको हल्ला चलेको थियो । शर्माले साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा पार्टी हेडक्वाटरबाटै त्यस्तो हल्ला चलाइएको भन्दै प्रतिवाद गरेका थिए । १४ पृष्ठ लामो लिखित प्रस्ताव राख्दै शर्माले अब पार्टीको नेतृत्व प्रचण्डले छाड्नुपर्ने भनेपछि यसमा बहस तीव्र बनेको छ ।

अध्यक्ष प्रचण्डले आफूहरुबीच बीच फरक मत नभई एकमत गर्ने कोसिस हुने बताए । उनले जनार्दनसहितका नेताहरुले स्थायी समिति बैठकमा उठाएका प्रश्नहरुको जवाफसहितको दस्तावेज आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने जानकारी पनि दिए ।पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि पूर्वतयारी स्वरूप हरेक प्रदेशमा परामर्श समितिको बैठक बस्ने निर्णय साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले गरेको थियोे । सोही निर्णय अनुसार आजदेखि बागमती प्रदेशको बैठक बसेको हो । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।

बैठकको सुरुमा प्रचण्डले बैठकमा भएका छलफल र बहस बाहिर मिडियामा नलैजान नेताहरुलाई सचेत गराएका थिए । ‘मिडिया ट्रायल हामी कसैले नगरौं,’ प्रचण्डले भने ।

१२२ वटा पालिका माओवादी केन्द्रको नेतृत्वमा रहेको भन्दै उनले त्यहाँ जनअपेक्षा अनुसारका काम गरेर देखाउने बताए । उनले सरकारभन्दा सडक र सदनको मोर्चा अब प्रमुख हुने पनि बताए ।

नयाँ जनवादी क्रान्ति आफूहरुले भनेजसरी सम्पन्न नभए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक संसदबाट पास हुनु खुसीको कुरा भएको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि