७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

‘माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ’

२ भदौ, काठमाडौँ । सांसद जयन्तीदेवी राईले नेपालको पर्यटकीय क्षेत्रका रुपमा चिनिएको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भने, “नेपालको पर्यटकीय क्षेत्रका रुपमा हामीले चिनिरहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा दुईवटा हिमताल फुटेर तहसनहस भएको छ, मानवीय क्षति भएको छ ।” हिमताल फुट्दा विद्यालय, स्वास्थ्यचौकी र पुल भत्किएको तथा एकजना बेपत्ता भएको, सरकारी कार्यालयलगायत सबै क्षेत्रको भौतिक पूर्वाधारमा क्षति पुग्नाका साथै दर्जनौँ घर बगाएको उल्लेख गर्दै सांसद राईले सरकारले तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

“पुल भत्किएकाले स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ, हिमाली क्षेत्र भएका कारण त्यस ठाउँमा कोही पनि जानसक्ने अवस्था छैन, बस्ती पूरै ध्वस्त भएकाले अन्यत्र बसोबासको व्यवस्था गर्न आग्रह गर्दछु”, उनले भने ।

जीवनयापनका लागि तत्काल खाद्यान्न व्यवस्थाका साथै हराइरहेकाको खोजी कार्यमा तीव्रता दिनुपर्ने सांसद राईको माग छ । “हिमाली क्षेत्र असुरक्षित हुनु हामी सबै मानवजातिको पनि असुरक्षा बढ्दै जानु हो, माटो र पृथ्वीलाई जोगाउने काममा सरकारको ध्यान जानुपर्छ,” उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि