७ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

भू–उपयोग सम्बन्धि नीति लागू नभएसम्म काठमाडौंको विकास हुँदैन् : इश्वर पोखरेल

३२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भू–उपयोग सम्बन्धी नीति प्रभावकारी ढंगले लागू गर्न नसकेसम्म काठमाडौंको विकास हुन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘काठमाडौं शहरीकरण वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक कार्यक्रममा उनले बस्ती बसाउने, खेती गर्ने र बजार बसाउने कहाँ भन्ने कुरामा नै अन्यौंल हुँदा जथाभावी र मनलाग्दी तरिकाले बजारीकरण गर्ने प्रवृत्तिको विकास भएको भन्दै यसलाई नियन्त्रण गर्न पनि भू–उपयोग सम्बन्धि नीति लागू गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘यहाँ नभएको एउटा भू उपयोगको नीति हो । भूउपयोग नीति यथोचित ढंगले लागु गर्न नसकेसम्म काठमाडौंको विकास हुन सक्दैन् । नीति प्रभावकारी ढंगले लागु गर्न सक्नुपर्छ । बस्ती बसाउने कहाँ, खेती गर्ने कहाँ, बजार बसाउने कहाँ ? भन्ने कुरा संसारको बिभिन्न मूलुकहरुबाट सिकौं । जहाँ जसलाई जे मन लाग्यो त्यही गर्ने प्रवृत्ति छ । यसलाई नियन्त्रण गर्नुपर्नेछ ।’

उनले मेलम्चीको खानेपानी योजनामा इन्जिनियरिङ नै खराब भएका कारण जनताको भाग्य र भविष्यसँग खेलवाड भएको औंल्याए । अव्यवस्थित वस्तीको कारणले काठमाडौंको विकास हुन नसकेको धारणा समेत राखे ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि