२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै

३१ साउन, काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिका सभापति आज चयन गरिँदै छ ।

संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति आज चयन गर्न लागिएको हो ।

समितिका सभापतिका लागि बुधबार नै उम्मेदवारी दर्ता भइसकेको छ । संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूलयांकन समितिमा एमालेका ठाकुर गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवै समितिको बैठक आज दिउँसो तीन बजे छुट्टाछुट्टै बस्दैछ । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेकोले उनीहरु आजै निर्वाचित हुनेछन् ।
हाल यी समितिका बैठक बस्दा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने गरेको छ ।सभामुख देवराज घिमिरेले गत मंगलबार दुवै समितिका सभापति चयनका लागि मिति तोकेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि