७ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

मौरिसस पुर्या‍ई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ

२९ साउन, काठमाडौं । प्रहरीले ग्रीनकार्डको प्रलोभन मा पारी मौरिसस पुर्या‍ई मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई रहेका छन् ।

प्रहरीका अनुसार पीडितगत असार २० गते नेपाल फर्किई उजुरी दिए पश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल बाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–७गौरीघाटबाट पक्राउ गरेको हो ।

न्यौपानेले मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समय पछि ग्रिनकार्ड समेत पाइने भनि प्रलोभन देखाई २ लाख ५० हजार रूपैयाँ लिई २०८० मंसिर १३ गते नेपालबाट भारतको नयाँदिल्ली हुँदै मौरिसस पुर्या‍ई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७-१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि