६ पुष २०८२, आईतवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

पाठ्यपुस्तक बिक्रीमा कमी

२९ साउन, जनकपुरधाम । सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधाममा विगतको तुलनामा शैक्षिक सत्र २०८१ मा पाठ्यपुस्तक बिक्रीमा रु दुई करोड ७० लाखले कमी आएको छ ।

सो कार्यालयले गत शैक्षिक सत्र २०८० मा रु २६ करोड मूल्य बराबरको किताब बिक्री गरेको थियो । यस वर्ष रु २३ करोड ३० लाख मूल्य बराबरको किताब बिक्री गरेको बताइएको छ । गत शैक्षिक सत्र २०८० को तुलनामा शैक्षिक सत्र २०८१ मा रु दुई करोड ७० लाखले पाठ्यपुस्तक बिक्रीमा कमी आएको हो । यस वर्षको वैशाखदेखि असारसम्म पाठ्यपुस्तक बिक्री भएको हो ।

कार्यालयका अनुसार चालु शैक्षिक सत्र २०८१ मा कार्यालयले कक्षा १ देखि १२ सम्मका लागि २२ लाख ६४ हजार छ सय ८३ थान पाठ्यपुस्तक बिक्री गरेको छ । मधेस प्रदेशको आठ जिल्लालगायत पहाडी जिल्ला ओखलढुङ्गा, उदयपुर र सिन्धुलीमा रहेका ९६ आधिकारिक बिक्रेतामार्फत सो पाठ्यपुस्तक बिक्री भएको कार्यालयका प्रमुख रुद्र खनालले जानकारी दिए।

विद्यार्थीहरुसँग पुरानो पाठ्यपुस्तक भएको तथा विद्यार्थीहरुले बीचमा पढाइ छाडेकाले शैक्षिक सत्र २०८० को तुलनामा यस शैक्षिक शत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी आएको अनुमान खनालको छ । अहिले सो कार्यालयसँग ३५ प्रतिशत अर्थात् आठ लाख थान पाठ्यपुस्तक मौज्दात रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि