२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार

मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्था आयो’

२८ साउन, काठमाडौं । वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतले मिडियाको पुन परिभाषित गर्नुपर्ने अवस्था आएको बताएकी छिन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय युवा संघले आयोजना गरेको ‘नेपालको राजनीतिमा युवा र आजको डिजिटल प्रविधि’ विषयक कार्यक्रममा उनले सामाजिक सञ्जाल र सञ्चार माध्यमकोबीचको भिन्नतासमेत छुट्याउन सक्ने अवस्था नरहेको भन्दै मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्थामा आएको बताएकी हुन् ।

उनले भनिन्,‘मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्थामा पुगेका छौ । किनभने म युट्युवमा कार्यक्रम चलाउँछु । मेरी आमाले मेरो छोरी त टलिभिजनमा कार्यक्रम चलाउँछे भन्नुहुन्छ । किनभने उहाँहरुलाई टेलिभिजन के हो र युट्युव च्यानल के हो भन्ने थाहा छैन् ।’

उनले सूचनाको हक भएको ठाउँमा गोपनियताको हक हुन एकदमै आवश्यक रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गोपनियताको हक भंग गरेको टिप्पणी गरिन् ।

उनले भनिन्,‘सूचनाको हक भएको ठाउँमा गोपनियताको हक हुन एकदमै आवश्यक छ । हामी कस्तो अवस्थामा आएको छौ गोपनियताको हक लागु भने भइसकेको अवस्था छैन् । अर्काको कोठाको ढोका ढक्ढक्याएर के गरिरहेको छौं भन्ने अधिकार छैन् । कोही श्रीमान श्रीमतीको चासो लिने अधिकार छैन् । त्यसलाई हेर्ने कानुन छुट्टै छ ।’

त्यस्तै कार्यक्रममा राष्ट्रिय युवासंघका अध्यक्ष क्षितिज थेवेले राजनीतिकर्मी र युवा राजनीतिज्ञहरुले समयसँगसँगै आफूमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

आजको विज्ञान प्रविधिमा युगमा राजनीति गर्ने राजनीतिज्ञहरु पनि डिजिटलाइज हुन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने,‘राजनीतिकर्मी र युवा राजनीतिज्ञहरुले समयसँगसँगै आफूमा बद्लाभ ल्याउनैपर्छ । समयसँगै परिवर्तन हुनैपर्छ र आफूले आफैंलाई अपडेट गराएर अगाडि लैजानुपर्छ । आजको विज्ञान प्रविधिमा हुँदाहुँदै एआईको जमाना सुरु भइसक्यो । यो जमानामा आफूलाई अपडेट गरेनौं भने पछि पर्छौ । राजनीति गर्ने राजनीतिज्ञहरु पनि डिजिटलाइज हुन आवश्यक छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि