२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

विश्व सम्पदा सम्बन्धी ऐनहरु संशोधन नभएको गुनासो

२४ साउन, काठमाडौं । पुरातत्त्व विभागका महानिर्देशक, सौभाग्य प्रधानाङ्गले पुरानो ऐनलाई टेकेर नयाँ कार्यविधिहरु बनाएर अघि बढिरहेको अवस्था रहेको बताएकी छन् ।

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले विश्व सम्पदा र अन्य सबै विषयलाई समेटेर ऐन कानूनलाई संशोधनको लागि २०७४ सालमा नै पेश गरेपनि अझै संशोधन हुन नसकेको भन्दै पुरानै कानून अनुसार काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘विश्व सम्पदाका कुराहरु र अन्य सबै विषयलाई समेटेर ऐन कानूनलाई संशोधनको प्रक्रियामा लान खोजेका थियौ । संशोधनको लागि २०७४ सालमा नै पेश पनि भइसकेको छ । तर विभिन्न ठाँउमा, विभिन्न कारणले रोकिंदा रोकिदैँ अहिलेसम्म पनि त्यो संशोधन हुन सकेको छैन् । पुरानो ऐनलाई टेकेर नयाँ नयाँ कार्यविधिहरु बनाएर अघि बढिरहेको अवस्था छ । ऐन संशोधन भएन भनेर हामीले काम नै रोक्ने कुरा हुदैँन् ।’

यसका साथै भूकम्पले प्रभाव पारेका संरचनाहरुको काम पनि विभिन्न कार्यविधिहरु बनाएर अघि बढाइएको पनि उनको भनाई छ । उनले जनशक्ति, स्रोत र साधनको कमिको कारणले गर्नपर्ने कामहरु पनि गर्न नसकेको बताइन् ।

बैठकमा पुरातात्त्विक महत्त्वका सम्पदाहरुको अवस्था सम्बन्धमा र ग्यालरी बैठकभित्र रहेका पुरातात्त्विक वस्तुहरुको संरक्षण सम्बन्धमा छलफल भएको थियो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि