२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्छः मेयर महर्जन

२४ साउन, काठमाडौं ।  ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त  र दुरुस्त हुनुपर्ने  बताएका छन् । आज (बिहीबार) ललितपुर महानगरपालिकाद्धारा प्रकाशित तस्वीरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ललितपुर नगरपालिकामा एउटा नयाँ कन्सेप्ट हामीले लियौं, त्यो भनेको  चाहीँ नगर प्रहरी चुस्त र दुरुस्त हुनैपर्छ, नगर प्रहरीले स्मार्ट हुनुपर्छ, दिएको  आदेश चाहीँ सफलपूर्ण पारेर आउनैपर्छ अनि मात्र काम हुन्छ । ’

साथै उनले प्रहरीले सफल काम नगरे जनप्रतिनिधिको सुरक्षा महाभारत जस्तै हुने  जिकिर गरे । उनले नगर प्रहरीले राम्रो काम गरे मात्र जनप्रतिनिधिको पनि सम्मान हुने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि