२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

बिना पक्षपात सबैको साथमा रहने कृषि मन्त्रीको प्रतिबद्धता

१५ साउन काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले आफू सके राम्रो काम गर्ने नसके गलत पनि नगर्ने बताए ।

उनले भने, ‘मलाई गलत गर्ने छुट छैन्, मैले सकेसम्म राम्रो गर्ने छु तर सकिने भने पनि गलत भने गर्दिन् । यो मेरो प्रतिबद्धता हो । म साझा मान्छे हो समस्या परेको बेला बिना पक्षपात सबैको साथमा रहने पहल र प्रतिबद्धता व्यक्त गर्न चहान्छु ।’

यस्तै, उनले ग्रामिण भेगबाट काठमाडौंको भान्सामा आइपुगेको सामानको मूल्य दोब्बर हुने अवस्था रहेको भन्दै यसबारे सबैले अति गम्भिर भएर सोच्न आवश्यक रहेको बताए ।

‘खेतबाट यहाँको बजारसम्म आउदा तरकारीको मूल्य दोब्बर हुन्छ, यसमा सोच्न आवश्यक छ । यसको अर्थ सबै दोष व्यापारिको भन्ने हुदैँन्, उनीहरुको पनि आफ्नै समस्या छ । उनीहरुको समस्या राज्यले सुन्नु पर्छ । त्यो दायित्व राज्यसँग छ । सुनुवाई भएको छ, छैन भन्ने कुरा म अहिले भन्न सक्दिन् । तर जमिनबाट टिपेर काठमाडौंको भान्सामा आइपुगेको सामानको मूल्यमा अन्तर कति हुन्छ यसबारेमा अति गम्भिर भएर सोच्नु पर्छ ।’

उनले आगामी दिनमा विषादीरहित भान्सा बनाउने विषयमा पनि सबै जना क्रियाशिल भएर लाग्न पनि अनुरोध गरे ।

उनले भने, ‘नेपाल जडिबुटिले भरिपूर्ण देशक छ, विश्वले चिनेको तर हामीले देख्न सकेका छैनौ । कृषि पेशामा आवद्ध र सरोकारवाला सबै आगामी दिनमा विषादीरहित भान्सा बनाउने विषयमा क्रियाशिल रहन सकौ । यसमा सबै जना लाग्नको लागि अनुरोध पनि गर्न चहान्छु ।’

अब हाम्रो समस्या कसैले सुन्दैन् भनेर होईन की सुन्ने मान्छे आएको छ भनेर विश्वास लिन पनि उनको आग्रह छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि