२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

पुर्वमन्त्री गोबिन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर ९ महिना कैद हुने

साउन १३, काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उक्त फैसला गरेको हो।

सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । आइतबार सर्वोच्चले जोशीको भ्रष्टाचारमा अन्तिम फैसला सुनाएको हो।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित उनलाई विगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनायो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

सर्वोच्चले भने विशेषको सजायमा केही उल्टी गर्दै ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद सजाय सुनाएको छ।

विशेषले जोशीमाथि डेढ वर्षको कैद सजाय हुने फैसला समेत भएको थियो। विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए।

उनी नेपाली कांग्रेसका पुराना नेता हुन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि