२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

पुष्पलालको जन्मशताब्दी मनाइँदै

११ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मशताब्दी मनाइने भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले यही साउन १२ गते आयोजना गर्ने जन्म शताब्दी कार्यक्रममा विभिन्न कम्युनिष्ट पार्टीका नेताले उहाँको योगदानको सम्झना गर्दैछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा श्रद्धाञ्जलिसभा, प्रवचन, विचारगोष्ठी गरिने छ । प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन निरंकुश जहानियाँ राणाशासनको अन्त्य गर्न विसं २००६ मा कोलकातामा कम्युनिष्ट पार्टीको स्थापनाको आवश्यकता तथा मुलुकको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले गरेको त्याग र निष्ठाको उहाँको जीवनीबारे प्रस्तुतिकरण गर्नेछन् ।

कार्यक्रममा विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि कम्युनिष्ट पार्टीले गरेको सङ्घर्ष तथा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनमा पार्टीले निर्वाह गरेको भूमिकाबारे जानकारी गराइने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो । विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि