२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

पहिरोपीडितलाई विद्यालयमा सारियो

साउन ११, त्रिवेणी (रुकुमपश्चिम)। सानीभेरी गाउँपालिका–७ र ८ का पहिरोपीडित नौ परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ ।

गाउँपालिका–७ को पोखरेल गाउँमा बिहीबारको पहिरोले नैनी पुनको दुईतले चारकोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्याएको छ भने सोही गाउँका आठ घर पनि पहिरोको चपेटामा परेका छन् । तीसँगै वडा नं ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि