२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि बस्ने

साउन ९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बिहीबारका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।

बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने उनको भनाइ छ । पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् ।

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि