२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान

काठमाडौँ । दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ ।

दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् ।

भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रुपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ ।

राष्ट्र प्रमुखलाई महाप्रसाद बुझाएपछि साइत जुराएर विधिपूर्वक क्षमापूजा गरिने प्रचलन पनि छ । शनिबार दिउँसो भीमसेनको मूर्तिको बाँया भागमा पसिना आएको बताइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि