६ पुष २०८२, आईतवार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

फोहरमैला व्यवस्थापनमा ध्यान दिन निर्देशन

१ साउन, पर्सा । वीरगञ्ज महानगरपालिकाले वर्षायामको समयमा हुनसक्ने डुबानलाई लक्षित गरेर मङ्गलबारदेखि नै पानीको निकास र फोहरमैला व्यवस्थापनमा सक्रिय रहन सरसफाइकर्मीलाई निर्देशन दिएको छ ।

महानगरका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न ३२ वटै वडाका सफाइकर्मीलाई आज निर्देशन दिएका हुन् ।

“वर्षात्को समयमा पानी जमेर डुबान हुनसक्ने सम्भावना धेरै रहन्छ । त्यसैले सरसफाइकर्मीले डुबान हुने ठाउँमा सावधानी अपनाउनुहोला”,नगरप्रमुख सिंहले भने, “पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा फोहरमैला बढिरहेको छ । यो समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नुस् ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले महानगरको सरसफाईमा गुनासो नआउने गरी कार्यसम्पादन गर्न अनुरोध गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि