२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आजबाट सुचारु

२५ असार , काठमाडौं । शुक्रबार रातिदेखि परेको अबिरल वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आजबाट सुचारु भएको छ ।

चार दिनदेखि पहिरो खसेर बन्द रहेको कर्णाली राजमार्ग आज खुलेको हो । सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए । यस्तै सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ति भोग्नु परेको थियो ।

कर्णाली राजमार्ग अन्तरर्गत टिमुरे भिड, गाल्जे पिली, गगन खोला, एसमोड र हुल्म बजारलगायत १५ ठाँउमा पहिरो आएपछि कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको थियो । कर्णाली राजमार्ग अवरुद्ध हुदाँ सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरू पनि अलपत्र परेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि