२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

पशुपतिमा हुने कोटीहोम महायज्ञका लागि ट्याक्सी र्याली

२४ असार , काठमाडौं । पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको छ ।
सोमबार काठमाडौंको गौशलामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको हो ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएको छ ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजकले जनाएको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि