२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत

१७ असार, दमक झापा । दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन र शैक्षिक सुधार गरेको भन्दै एक विद्यालय र एकजना शिक्षकलाई पुरस्कृत गरेको छ ।

नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयको मापदण्ड तथा शैक्षिक सुधारसम्बन्धी सूचकलाई पालना गर्ने एक विद्यालय र एकजना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो ।

नगरले तोकेका मापदण्डको पालना गर्दै शैक्षिक सुधारमा योगदान पुर्‍याउने दमक–३ स्थित ढुकुरपानी माविलाई रु एक लाख र दमक–१० स्थित सिंहदेवी माविका शिक्षक घनश्याम अधिकारीलाई रु २५ हजारसहित पुरस्कृत गरिएको नगरप्रमुख रामकुमार थापाले जानकारी दिए । उत्कृष्ट विद्यालय र शिक्षकलाई आइतबार एक कार्यक्रमबीच उनले नगद र प्रमाणपत्रसहित पुरस्कृत गरे ।

सो अवसरमा अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दमक–९ को पाणिनी मावि पहिलो, दमक–८ मा को एलाइड बोर्डिङ स्कुल दोस्रो र दमक–१० स्थित सिंहदेवी मावि तेस्रो बनेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रवीण खड्काले जानकारी दिए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः रु २५ हजार, रु १८ हजार र रु १२ हजार प्रमप्त गरेका छन् ।

शाखाले विगतका वर्षझैँ यस वर्ष पनि विद्यालय अध्ययनरत बालबालिकाको बौद्धिक विकास गराउन यस किसिमको प्रतियोगिता आयोजना गरेको खड्काले बताए । प्रतियोगितामा नगरभित्र रहेका समुदायिक र संस्थागत गरी ३६ वटा विद्यालयले सहभागिता थियो । कार्यक्रममा नगरभित्रका समुदायिक विद्यालयमा अध्ययनरत ६२ जना विपन्न परिवारका र १३ जना बुहारीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि