२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

वैदेशिक रोजगारीको बहानामा दुवई पुर्या‍ई मानव बेचबिखन गरेको आरेपमा एक युवक पक्राउ

११ असार, काठमाडौं । वैदेशकि रोजगारीको प्रलोभनमा दुवई पु¥याई मानव बेचबिखन गरेको आरोपमा प्रहरलिे एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विषेश सुराकीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी कमाण्डको टोलीले महर्जनलाई गौशालाबाट पक्राउ गरेको हो ।

पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुवईबाट गत चैत्र १९ गते उद्धार गरे पश्चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई गत फागुन ७ गते दुवई पु¥याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाईचरम श्रम शोषण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि